बिजयादशमीको शुभकामना आदानप्रदान र कक्षा ११ को स्वागत साथै कक्षा १२ को बिदाईको अवसर पारेर श्री भैरवी माध्यमिक विद्यालय धादिङमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कलले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गत आईतबार श्री भैरवी माध्यमिक विद्यालय धादिङको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी युवा सर्कलको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम

रक्तदान, जीवनदान भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै अहिलेको जटिल परिस्थितिमा रक्तदान एकदमै आवश्यक रहेकोले युवा रेडक्रस सर्कलको सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

नेपाल रेडक्रस सोसाइटी युवा सर्कलको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम

सबैजना पहिलो रक्तदाता भएको बताउँदै नेपाल स्वयंमसेवी रक्तदाता समाज न्युरोड समितिका अध्यक्ष लायन केदारप्रसाद न्यौपानेले कार्यक्रममा २७ जना महिला र २७ जना पुरुष गरी जम्मा ५४ जनाले रक्तदान गरेको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी युवा सर्कलको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम