सत्तारुढ गठबन्धन दलहरुको बैठक आज बस्दै छ ।आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।
संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेमा मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।
सत्तारुढ दलले राष्ट्रपतिको कदमबारे आगामी रणनीति बनाउनेछन् ।
बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने छ ।








