दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) नयाँ नोट साट्न सुरु गरेको छ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न व्यवस्था मिलाइएको छ।

राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो। तर, सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको थियो।

प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए ।