भवन निर्माणको काम अलपत्र पार्ने १० ठेकेदार कम्पनीहरु कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले काम अलपत्र पार्ने १० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरण, दुग्ध विकास संस्थान लगायतका १० कार्यालयहरुको काम अलपत्र पारेको थियो ।

सोमबार सार्वजनिक गरिएको एक सूचनामा ठेकेदार कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी र आपूर्तिकर्तालाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी र आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ ।

काम अलपत्र पार्ने १० ठेकेदार कम्पनी कालोसूचीमा (नामावलिसहित)