गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन ।

गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुराएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई राम्रो व्यवहार नगरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो ।

भिएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाममा बस्न भनेपछि विवाद भएको थियो ।