प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् ।
यसैगरी, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।









