पछिल्लो २४ घण्टामा देशभर थप २०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो ।
यस्तै पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् ।








