काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।
महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउने अभियान अन्तर्गत त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर अभियान सुरु गरेको हो ।
नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अब होर्डिङ बोर्ड पनि हटाउन लागेको हो ।








