निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ।
आयोगको निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो।
आचारसंहितामा प्रधानमन्त्री तथा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर प्रचारप्रसारमा जान नपाउने व्यवस्था गरेको छ।
त्यस्तै आचारसंहितामा कुनै पनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।








