काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला हुने भएको छ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभागले साविकमा विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुने जनाएको छ।
काठमाडौं महानगरपालिकाले शुक्रबार विभागको बेसमेन्टमा रहेको पार्किङ खाली गराएको हो।
हेर्नुहोस सूचना









