देशभर पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

यही अवधिमा चार हजार एक सय ७७ को नमूना परीक्षण गरिएको थियो । एक हजार आठ सय छ जनाले पिसिआर र दुई हजार तीन सय ७१ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ६४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९८ रहेको छ ।