सत्तारुढ नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कांग्रेसले भदौ १० देखि २४ सम्म चुनावी अभियान सञ्चालन गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

अभियानका लागि ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाइने डा महतको भनाइ छ ।