राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित विभिन्न समिति गठन गरेको छ।

कार्यसम्पादन समितिको आज बसेको बैठकले विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यको लागि आवश्यक निर्णय तथा पहलकदमीका लागि अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ। लिङ्देनकै अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

आम निर्वाचनको घोषणापत्र तयारीका लागि प्राडा गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्राडा जयन्तनाथ खनाल र सह-प्राध्यापक हेमराज कार्की सदस्य रहेको समिति गठन गरिएको छ।

आजको बैठकले शहीद गंगालाल हृदयरोग अस्पतालको उपचार सेवामा भएको शुल्क वृद्धि फिर्ता गर्नसमेत सरकारसँग माग गरेको छ।

राप्रपाद्धारा निर्वाचनलक्षित विभिन्न समिति गठन, तालमेलको निर्णय गर्ने जिम्मा अध्यक्ष लिङ्देनलाई