पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २६५ सहित देशभर थप ११२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१७ हजार ४४७ जनाको पीसीआर परीक्षण गर्दा ६६६ जना र ३५४२ जनाको एन्टीजेन परीक्षण गर्दा ४६२ जना गरी ११२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा २०३, ललितपुरमा ४५ र भक्तपुरमा १७ जना गरी कुल २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२१५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८७८ पुगेको छ ।