काठमाडौं । डायनामिक स्काउट क्रयूको दोश्रो वार्षिक उत्सव सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्य र जिल्ला स्काउट काठमाडौँका जिल्ला आयुक्त रविन दाहाल र साहित्यकार युवराज नयाँघरेको बिशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा क्रयूको स्मारिका समेत लोकार्पण गरिएको थियो ।

यसैगरी क्रयूले प्रत्येक वर्ष प्रदान गर्दै आएको डायनामिक हिरो अवार्ड यसवर्ष रेञ्जर स्काउट सरिता अर्यालले प्राप्त गरिन् । उनलाई हिरो अवार्डसहित नगद पुरस्कारले सम्मान गरिएको थियो ।

यस्तै, डायनामिक प्रगतिशित सम्मान, डायनामिक सहयोगी हात सम्मान, डायनामिक युवा उद्यमी सम्मान र डायनामिक असल साथी सम्मानबाट क्रमशः पर्वतारोही स्काउट लिडर प्रकाशराज पाण्डे, समाजसेवी ओमप्रकाश शर्मा, स्काउट लिडर आसिक कार्की र साहित्कार शम्भु सुस्केरा सम्मानित भएका थिए ।

साथै कार्यक्रममा सहयोगी विभिन्न व्यक्तित्वहरुलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो ।
डिल्लीबजारस्थित विजय स्मारक उच्च माध्यमिक विद्यालयको सभा हलमा आयोजित सो समारोहमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष राधेश्याम लेकालीले युवाहरुको नेतृत्व विकाशमा स्काउटले खेलेको भूमिका प्रति प्रशंसा समेत व्यक्त गरे ।

त्यसैगरी काठमाडौं जिल्ला स्काउटका जिल्ला आयुक्त रविन दाहालले नेपाल स्काउट लामो समयदेखी नेतृत्वविहिन हुनु दुःखद भएको बताए । कार्यक्रममा बरिष्ठ स्काउट लिडर हरिमोहन ज्योतिले क्रयूले नेपाल स्काउटको इतिहास र स्काउटसंग जोडिएका व्यक्तिहरुसँग सम्बवन्धित खोज मुलक लेख रचना प्रकाशन गरेकोमा अत्यन्त प्रशन्न भएको र नेपाल स्काउट केन्द्रबाटै हुनु पर्ने कार्य डायनामिक क्रयूले गरेकोमा बधाई समेत व्यक्त गरे ।
क्रयूले यस वर्षबाट लाइन्स क्लवसँगको सहकार्यमा छालादान कार्यक्रम र एक घर एक सिपिरआर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको रोभर लिडर सन्तोष थापाले जानकारी दिए ।








