मानिसले जीवनमा अनेकौ आरोह–अवरोह छिचोल्नु पर्छ । जीवनको गोरेटो कता जान्छ त्यतै मोडिनुको विकल्प हुँदैन । चितवन भण्डाराका अर्जुन गोले लामाकोे जीवन संघर्ष पनि समय अनुसार यसरी नै बदलिएको छ । पढने समयमा उनलाई त्यता मन बसेन, पढाईलाई चटक्कै छाडेर उनी गाडिलाइनतिर लागे । सानै उमेरमा खलासी हुँदै ड्राइभर बनेका अर्जुनले स्वदेशदेखि विदेशसम्म गरेका संघर्ष निकै मर्माहक छन् । अहिले उनी कतारमा सफल व्यवसायीको पहिचान बनाएर जमिरहेका छन् । ड्राइभर रहेका अर्जुनले समयचक्रसँगै सफल व्यवसायीको परिचय मात्र बनाएनन्, मालिक बनेर धेरैलाई रोजगारी दिने अवस्थासम्म आफुलाई पुर्‍याए ।

***

२०३७ साल मंसिर ८ गते बुवा कृष्णबहादुर गोले र आमा चन्द्रमाया गोलेको कोखमा जन्मिएका अर्जुनको बाल्यकाल चितवनमा नै वित्यो । पढाई छाडेर गाडिलाइनमा लागेका उनले सानै उमेरमा नेपालका विभिन्न ठाँउ घुम्ने मौका पाए । समयसँगै उनले ठूलो गाडीको लाइसेन्स लिए र केही बर्ष गाडि चलाए, तर उनी आफैलाई आफ्नो काम र पेशाप्रति चित्त बुझ्न छोड्यो । नेपालमा बसेर कमाइ त हुने तर बचत पटक्कै नहुने । नेपाल बसेर पैसा कमाउन सकिदैन भन्ने लागेपछि उनमा विदेश जाने भूत चढ्यो ।

सुरुमा उनले साउदीका सडकमा गाडि दौडाए । त्यसपछि सन् २००८ मा कतार गए, त्यहाँ करिव ९ महिना काम गरेपछि नेपाल फर्किए । नेपालमा उनी टिक्न सकेनन् । अनि फेरि हानिए बहराइन । बहराइनमा ३ वर्ष काम गरेपछि भने उनी नेपालमा नै बस्ने सोच बनाएर फर्किए । कृषिमा लगानी गरे तर भनेजस्तो सफलता नमिलेपछि सन् २०१३ मा पहिला ९ महिना बसेर आएको देश कतार उडे ।

सुरुमा उनले साउदी अरव जानका लागि प्रोसेस् गरे । विदेश जान लाग्ने पैसा खोज्न थाले । साउदी जान्छु भनेर घरमा बुवासँग सल्लाह पनि गरे । उनी सम्झन्छन् –‘बुवासँग पैसा थिएन, मेरो लागि खेत नै बेचिदिन्छु भन्नुभयो, हामी ३ दाजुभाई थियौं । बुवाले मेरो खुसीको लागि त खेत बेचेर पठाउनुहोला तर भोलि घरमा नराम्रो हुनसक्छ भन्ने लाग्यो । मैले बुवालाई जग्गा बेच्न दिइन ।’ निकै कठिनका साथ उनले साउदी जान लाग्ने पैसा जम्मा गरे । अन्ततः मेनपावर कम्पनीलाई ५५ हजार तिरेर २०५७ साल वैशाख १० गते उनी साउदी अरव उडे ।

साउदी सोचेजस्तो सजिलो थिएन । एयरपोर्टमा कम्पनीले २ दिनसम्म लिन आएन । अनि रुवावासी सुरु भयो उनको । त्यहाँ कोही नेपाली उनले भेटेनन् । दुई दिनसम्म भोकभोकै बस्दाको पीडा सोच्न सकिने अवस्थाको थिएन । यसपछि कम्पनी पुगे र काम शुरु भयो, १०–१५ दिनमा नै ड्राइभिङ लाइसेन्स आयो । करिव दुई बर्ष साउदीका सडकमा गाडि दौडाए उनले । पहिलो पटक दुई बर्षमा लगभग १८ हजार रियाल कमाएर उनी नेपाल फर्किए । तर, घरायसी समस्याले गर्दा फेरि २ पटक ड्राइभर कामका लागि साउदी गए ।

कामदारकारुपमा कतार छिरेका अर्जुन गोले अहिले दिन्छन सयौलाई रोजगारी

त्यसपछि सन् २००८ मा कतार गए, त्यहाँ करिव ९ महिना काम गरेपछि नेपाल फर्किए । नेपालमा उनी टिक्न सकेनन् । अनि फेरि हानिए बहराइन । बहराइनमा ३ वर्ष काम गरेपछि भने उनी नेपालमा नै बस्ने सोच बनाएर फर्किए । त्यो बेला उनको विहे भइसकेको थियो । श्रीमति शारदा गोलेले अब विदेश नजान भन्दै निकै जोडबल गरिन् । पैसा नै सबै थोक होइन अव परिवारसँगै बस्ने भन्दै उनी चितवन आए ।

नेपालमै केही गर्नका लागि उनीसँग केही पैसा पनि थियो । भएको पैसा कृषिमा लगानी गरे तर उत्पादन राम्र्रो भएन । छोराहरु आशिष र अविनाश सानै थिए । कृषिमा भनेजस्तो सफलता नमिलेपछि र विदेशमा काम गर्ने बानी परिसकेकाले नेपालमा बस्न मन नै लाग्न छोड्यो । अरविक भाषा राम्रो आउने अनि गल्फमा गाडी चलाउन पनि जान्ने भएकाले सन् २०१३ मा पहिला ९ महिना बसेर आएको देश कतार उडे ।

जव उनी कतार आए उनको जीवनको यात्राले फरक मोड लिन थाल्यो । केही महिना तलवमा अर्काको गाडि चलाए । उनलाई चित्त बुझेन । यसपछि उनले ठेक्कामा गाडि चलाउन थाले । उनी भन्छन्– ‘मैले ७ हजारमा गाडि ठेक्कामा लिएँ, अनि मेहनेत गर्न थालेँ, कमाई राम्रो हुन थाल्यो । ममा आँट आउन थाल्यो, यसपछि आफै कम्पनी खोलेर किन नचलाउने भन्ने सोच आयो ।’

जव उनी कतार आए उनको जीवनको यात्राले फरक मोड लिन थाल्यो । केही महिना तलवमा अर्काको गाडि चलाए । उनलाई चित्त बुझेन । आफुले पैसा कमाएर साहुलाई धनी बनाउने काम मात्र गरियो भन्ने लाग्न थाल्यो । यसपछि उनले ठेक्कामा गाडि चलाउन थाले । कम्पनी मालिक र उनीबीच उक्त गाडिबाट कमाएको पैसा आधा–आधा हुने भयो । उनी भन्छन्– ‘मैले ७ हजारमा गाडि ठेक्कामा लिएँ, अनि मेहनेत गर्न थालेँ, कमाई राम्रो हुन थाल्यो । ममा आँट आउन थाल्यो, यसपछि आफै कम्पनी खोलेर किन नचलाउने भन्ने सोच आयो ।’

कामदारकारुपमा कतार छिरेका अर्जुन गोले अहिले दिन्छन सयौलाई रोजगारी

सन् २०१९ मा अर्जुनले कर्मभूमी कतारमा आफ्नै कम्पनी शुरु गरे । पठाओ ट्रान्सपोर्ट उनको कम्पनी हो । कतारमा कन्ट्रक्शनका काम चलिरहेका थिए । उनका कम्पनीका गाडि कन्ट्रक्शनका सामाग्री बोक्न प्रयोग हुन थाले । उनी भन्छन्– ‘हामीले डाइरेक्ट कम्पनीहरुसँग सम्झौता गरेर काम लिन थाल्यौ । बाहिरकासहित गरेर मेरो कम्पनीबाट एकसय वटा गाडी दैनिक चलाउन थाल्यौ, सयौ कामदार मेरो अण्डरमा चल्न थाले ।’

अर्जुन कामदारकारुपमा कतार छिरेर अहिले सयौलाई रोजगारी दिन सक्ने भएका छन् । कामदारबाट मालिक भएका छन् । शैक्षिक योग्यता भन्दा उनले जीवनमा परेर जानेका अनुभवले डिग्री भन्दा ठुलो काम गरेको छ । जसका कारण दैनिक करोडौको कारोवार गर्ने कम्पनी प्रवासी भूमीमा चलाएका छन् ।

कतार अर्जुनका लागि अवसरको स्वर्णभूमी बन्यो । कतारबाट उनले जीवनको गोरेटोलाई सुनौलो बाटोमा पुर्‍याए । अहिले कतारमा अर्को क्लिनिङ कम्पनी पठाओ सर्भिस पनि संचालन गरिरहेका छन् ।

उनी भन्छन्–‘अहिले मेरो ठूलो छोरा अष्ट्रेलियामा छ । हिजो केही हजार रुपैया जोहो गर्न सक्ने अवस्था थिएन, अहिले मलाई मेरो कर्म र समयले साथ दिएकाले सफल भएको छु । अव मेरो र परिवारका लागि मात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ भनेर सामाजिक काममा पनि सक्रिय छु ।’

कतार अर्जुनका लागि अवसरको स्वर्णभूमी बन्यो । कतारबाट उनले जीवनको गोरेटोलाई सुनौलो बाटोमा पुर्‍याए । अहिले कतारमा अर्को क्लिनिङ कम्पनी पठाओ सर्भिस पनि संचालन गरिरहेका छन् । उनी सकेसम्म शैक्षिक योग्यता हाँसिल गर्न अनुरोध गर्दछन्, यदि शैक्षिक योग्यता छैन भने पनि कुनै न कुनै सीप सिक्न उनको आग्रह छ । सीपले आफ्नो स्तर मापन गर्दछ । व्यवसाय गर्नका लागि भने भरोसा र आत्मविश्वास दह्रो बनाउनु पर्ने रहेछ भन्ने उनले सिके । उनको बुझाई छ– ‘आफ्नै मेहनेत र आत्मविश्वासले संसार जित्न सकिन्छ ।’