गैरआवासीय नेपाली संघको नवौ विश्वसम्मेलन तथा महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिको शुक्रवार (आज) साँझ सपथ तथा समापन कार्यक्रम हुने भएको छ । शुक्रवार दिउँसो सन् २०१९–०२१ कार्यकालका लागि कुमार पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएपछि एनआरएन कार्यालय बालुवाटारमा उनीहरुको सपथ ग्रहण हुन लागेको हो ।

पन्तको नेतृत्वमा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । नेतृत्वका लागि विहिबार भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त अध्यक्षमा विजयी भएका हुन ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)

शुक्रबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार चार उपाध्यक्षमा डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा र मन केसी विजयी भए भने महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भइन् ।

यस्तै महासचिवमा डा. हेमराज शर्मा, सचिवमा आरके शर्मा र गौरी जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ तथा सहकोषाध्यक्षमा लोक दाहाल विजयी भए । यस्तै युवा संयोजकमा हिमाल गुरुङ र महिला संयोजकमा भोमा लिम्बु विजयी भइन ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)

यसअघि बुधबार नै निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि विद्युतिय भोटिङ मेशिनमा खरावी आएपछि विहिबार मतपत्रद्धारा मतदान सम्पन्न भएको थियो । निर्वाचनमा कुल २ हजार ५ सय ७० मतदाता रहेकोमा २ हजार ३ सय ४० मत खसेको थियो ।

निर्वाचित भएपछि अध्यक्ष पन्तले मतदातालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सबै एनआरएन एक भएर अगाडि बढ्ने बताए । एनआरएनका आजका गल्तिलाई भोलिका दिनमा सच्याउँदै थप उचाईमा पु¥याउने पन्तको भनाई छ ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)

उता १ सय ४७ मतान्तरले पराजय भोगेका आचार्यले निर्वाचनताका केही अनियमितता भएपनि मत परिणामलाई स्वीकार गर्दै एनआरएन अभियानमा निरन्तर लागिरहने बताएका छन् ।

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, सचिवमा मध्यपूर्वबाट शर्माले मारे बाजी (सम्पूर्ण मतपरिणामसहित)

हेर्नुहोस तस्बिरमा

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)