दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पु¥याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।

यस संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमा हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

दया फाउण्डेशनले कोरोना उपचारको संरचना विकासमा टेवा पु¥याउँदै दियो सामाजिक सन्देश

कोभिड–१९ को कारणले सिङ्गो राष्ट्र स्वास्थ्य सङ्कटमा परेको यस विषम घडीमा आफ्नो संस्था सकृय रुपमा अगाडी बढी थोरै नै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै समन्वय गरीदिनु भएकोमा सम्वन्धित सवैलाई धन्यवाद पनि दिनुभयो र संस्थाले सहयोग गरेको अस्पतालहरु विशेषत निम्न आय वर्ग भएकाहरुको उपचारको लागी लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड–१९ को उपचारमा टेवा पु¥याउने कुरा दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले बताउनुभयो साथै निजि क्षेत्र पनि यस विषम परिस्थितिमा अगाडी आई समाज सेवामा अग्रसर हुनु पर्ने कुरा पनि वताउनु भयो ।

दया फाउण्डेशनले कोरोना उपचारको संरचना विकासमा टेवा पु¥याउँदै दियो सामाजिक सन्देश

उक्त संस्थाबाट कोभिड सम्बन्धी कार्यक्रमहरुको समन्वय तथा संयोजन गर्दै आउनु भएका संस्थाका पूर्व अध्यक्ष किपा माथेमाका अनुसार फाउण्डेशनले विविध स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिमहरुका लागी आयोजना गरिने कुरा बताउनुभयो ।

यस फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धी भर्चुयल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ भने कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सहरूलाई उपलब्ध गराउने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१ गतेसम्म जारी रहनेछ ।

दया फाउण्डेशनले कोरोना उपचारको संरचना विकासमा टेवा पु¥याउँदै दियो सामाजिक सन्देश

दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा वहाँको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागी सन् २००९ मा स्थापित संस्था हो जसको मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ । कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवा उपलब्ध गराए बापत टेकु अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ्ग युनिटलाई दया फाउण्डेशनले “एक्सलेन्स अवार्ड”बाट सम्मानित गरिसकेको छ ।