विवादित गुठी विधेयक खारेजीको माग गर्दै आज बुधबार काठमाडौंको माइतिघर मण्डलामा विशाल प्रर्दशन भएको छ ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको उक्त विद्येयकको व्यापक विरोध भएपछि भूमिसुधार मन्त्री पद्या अर्यालले सरोकारवालासँग छलफल गर्न बाँकी रहेको भन्दै मंगलबार फिर्ताको घोषणा गरेकी थिइन ।
तर गुठीयार तथा सर्वसाधारणहरुले गुठी विधेयक फिर्तामात्रै नभएर खारेजै गर्नुपर्ने मागसहित प्रर्दशनलाई जारी राखेका छन ।
नेपाली झण्डासहितको काठमाडौको माइतिघरमा भैरहेको प्रदर्शन र कोणसभाका कारण त्यस क्षेत्रको यातायात आवागमन समेत प्रभावित बनेको छ ।








