काठमाडौं । नेपालकै पहिलो विद्यालयका रूपमा परिचित भानु माध्यमिक विद्यालय (दरबार स्कुल) मा पूर्व विद्यार्थी समाजद्वारा पाचौ पुर्नमिलन तथा बनभोज कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यालयको पाँचौँ र मिलन तथा नवप्रवेशी कार्यक्रमअन्तर्गत शनिबार आयोजित कार्यक्रममा दरबार स्कुलमा अध्ययन गरेका विभिन्न ब्याचका पूर्व विद्यार्थी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व विद्यार्थी समाजका पदाधिकारी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन समाजका कावा सचिव दिपशक्ति ब्यन्जनकारले गरेका थिए।
कार्यक्रममा दरबार स्कुलका पूर्वप्रधानाध्यापक तथा पूर्व विद्यार्थी समाजका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार रामराजा कुँवर, दरबार स्कुलका शिक्षक तथा समाजका हालका सल्लाहकार रामभक्त श्रेष्ठको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति सुरेश श्रेष्ठले समाज स्थापनाको उद्देश्य र समाजले हालसम्म गरेको कामहरुबारे प्रष्टयाएका थिए ।
उक्त अवसरमा पूर्व प्रधानाध्यापक तथा समाजका सल्लाहकार कुँवरले आफुले अध्यापन गराएका विद्यार्थीहरुसँग घुलमिल भैरहन पाउनु खुसीको कुरा भएको बताए ।
यस्तै समाजका आजिवन सदस्य बाल गोपाल श्रेष्ठ र बाल मुकुन्द श्रेष्ठले समाजलाई अघि बढाउन सबैको साथ सहयोग रहने बताए ।
सो अवसरमा गरिएको लक्की ड्र मा समाजका कोषाध्यक्ष उषा टिवडेलाल, सानु श्रेष्ठ र मंगलदास श्रेष्ठले क्रमशः पहिलो, दोश्रो र तेस्रो भएर गिफ्ट हयाम्पर जित्न सफल भए ।
साथै समाजले स्थापना गरेको छात्रबृत्ति कोषमा आर्थिक सहयोग गर्ने सहयोगी दाता रामराजा कुँवर, राजभक्त श्रेष्ठ, सुरेश श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राजेन्द्रमान बज्राचार्य, उषा टिवडेवाल, बालगोपाल श्रेष्ठ, सुष्मा श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, राधा थापा, ज्ञानीशोभा महर्जजन र राजन दाहाललाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै समाजका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले विद्यालय र पूर्व विद्यार्थीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।








