सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउदै सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन ।

सो अवसरमा प्रवक्ता पोखरेलले विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेका छन ।

यस्ता छन् बैठकका निर्णयहरू:

–नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।

–आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न ।

–सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।

–नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।