सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएपछि विपक्षि दलका सांसदहरुले संसद बैठक अवरोध गरेका छन
संसद बैठकको शुन्य समय सकिए लगत्तै सभामूख डोल प्रयास अर्यालले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम जानकारी गराएलगत्तै विपक्षि दलका सांसदहरुले बैठक अवरोध गरेका हुन ।








