काठमाडौं । काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई त्यो जिम्मेवारी दिएका हुन् ।

कमलादेवी गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । उनी राष्ट्रिय सभाअन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ की सभापति पनि हुन् ।

पन्तले विद्यार्थी जीवनदेखि नै राजनीतिक वातावरणमा हुर्किएर पद्मकन्या क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्।