काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अध्यक्ष ओलीको पित्तथैलीमा भएको पत्थरीको सोमबार शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया र उपचारपछि अध्यक्ष ओली आज डिस्चार्ज भएका हुन् ।