काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्।
नयाँ मन्त्रीहरूको प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराइसकेका छन्।
नयाँ मन्त्रिपरिषद्मा कांग्रेसबाट अर्थमन्त्रीमा जित शेरचन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ सहभागी भएका छन्।
एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमा यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमा लक्ष्मण पाण्डे र स्वास्थ्यमा भीम कार्कीले जिम्मेवारी पाएका छन्।
यसैबीच गण्डकी सरकारमा मन्त्री बन्न नपाएपछि नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुँवरले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी पत्र लेख्दै राजीनामा दिएका हुन् ।
उनी मन्त्री बन्ने दौडमा दिए । तर मुख्यमन्त्री एवं दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन इन्कार गरेपछि राजीनामा दिएका हुन् । गण्डकी प्रदेशमा बुधबार नेपाली कांग्रेस र नेकपा एमालेको सहमति अनुसार मुख्यमन्त्री बाहेक सबै मन्त्री हेरफेर भएका छन् ।








