काठमाडौं । नेपाली कांग्रेसको पार्टीका नवनिर्वाचित प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरूको प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
पार्टी कार्यालय सानेपामा केही बेरअघिबाट सांसदहरूलाई संसदीय सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको हो।
सांसदहरूलाई पार्टी पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल र महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिनेछन्।
प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ३८ सांसद जितेको छ।








