गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उम्मेदवार सुधन गुरूङ विजयी भएका छन्।
उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई पराजित गरेका हुन् ।
गुरूङले २९ हजार ८ सय ९६ मत ल्याउँदा खत्रीले १५ हजार ३ सय ९८ मत पाए । नेकपाका उम्मेदवार हरिराज अधिकारीले ११ हजार १ सय २४ मत ल्याएका छन्।
यस्तै इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई पराजित गरेका हुन् । राईले १४ हजार ५४३ मत पाउँदा लिम्बुले १३ हजार ६३२ मत पाए ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गरेका छन् ।








