मुस्ताङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले उम्मेदवार विष्टले एक हजार ८०३ मत प्राप्त गरे । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् ।