सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।
पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तीकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै प्रतिज्ञा सार्वजनिक गरेका हुन् ।
थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण आधार भूमि रहेको उल्लेख गरेका छन् । उनले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।










