त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपसास क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा जारी गरिएको छ।
बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ती जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास एक महिनासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिएका छन्।
प्रजिअ पौडेलले बिहीबार नै दुइटा विज्ञप्ती जारी गरी विमानस्थल आसपास हुने भनिएको कार्यक्रमबारे काठमाडौं प्रशासनको ध्यानाकर्षण भएको जनाएका छन्।
राप्रपाका नेताहरू र दुर्गा प्रसाईं लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन विमानस्थलमा शुक्रबार स्वागत गर्ने भन्दै आह्वान गरेका थिए।
विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रजिअ पौडेलले जानकारी दिएका छन्।
ती क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३क० को व्यवस्था बमोजिम मिति २०८२/१०/२९ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्म १ (एक) महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ।








