काठमाडौं । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले सर्वसम्मतिमा पारित गरेको हो ।
विधायन समितिले पारित गरेर सभामा पेस गरेसँगै विधेयक सभाबाट पारित भएको हो ।








