काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलायन्सको विमानमा समस्या देखिएको छ ।

विमानस्थलबाट उडेलगत्तै विमानमा इन्जिन अन फायर देखिएको हो ।

समस्या देखिएपछि जहाजलाई कलकत्ता डाईभर्ट गरिएको छ ।

जहाज नेपाली समय अनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाता विमानस्थलमा सकुशल अवतरण भएको छ ।

जहाजमा २२५ यात्रु र ११ चालक दलका सदस्य गरी कुल २३६ जना सवार रहेका थिए । सबै सुरक्षित छन् ।