काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा होमिएका चार मन्त्रीबारे गलत प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएकी छन्। राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारबाट राजीनामा दिएर चुनावमा जानु अस्वाभाविक नभएको स्पष्ट पारिन्।
जेन्जीको प्रेसरमा आफुले संचारमन्त्री खरेलसहित कुलमान घिसिङ, महाविर पुन, बब्लु गुप्तालाई मैलेनै हात जोडेर सरकारमा सहभागी गराउँदा ‘जति दिन बस्न सक्नुहुन्छ बस्नुहोस्’ भनेर ल्याइएको प्रधानमन्त्री कार्कीले बताइन ।
कार्कीले भनिन ‘संचारमन्त्री खरेल र गुप्ताजस्ता युवा लोकप्रिय पनि भएका हुदा उनीहरु राजनीतिमा जान्छन भन्ने हामीलाई थाहा थियो तर चुनाव हुने वातावरण सुनिश्चित गराएर बाहिरिनु गलत होइन र उनीहरुबारे भ्रामक प्रचार गरिनु पनि राम्रो होइन ।’
पछिल्लो समय सामाजिक सञ्जालमा विशेषगरी संचारमन्त्री जगदीश खरेललाई लक्षित गरेर गरिएको टिप्पणीप्रति बोल्दै प्रधानमन्त्री कार्कीले जगदीश खरेल र बब्लु गुप्ताजस्ता युवाले चुनाव लड्न नपाउने भन्ने सोच गलत रहेको बताइन । ‘सरकारबाट बाहिरिएर चुनाव लडन पाउने उहाँहरुको अधिकार हो, बरु यसप्रति केही आलोचना र भ्रम भए दोष मलाई नै दिनुहोला’ प्रधानमन्त्री कार्कीले भनिन ।
उनले सरकारमा बसीबसी कोही चुनाव लडछ भने त्यसलाई बेइमानी मान्न सकिने तर सरकारै छाडेर गैसकेको व्यक्तिप्रति अनावश्यक टिप्पनी जायज नभएको बताइन । ‘सरकारमा रहुन्जेल इमान्दार भएर काम गरेका थिए, मन्त्रालयमा कुनै दुरुपयोग भएन, बढीमा दुई कप चिया खाएका होलान्, हामीले खादा ओढाएर नै बिदा गरेका हौँ” कार्कीले भनिन ।
सरकारमा रहेका मन्त्रीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका भन्दै गलत प्रचार गरिएको भन्दै प्रधानमन्त्री कार्कीले आपत्ति जनाइन्। साथै, राजनीतिमा रुचि नभएकाहरू सरकारमै बसेर अहिले पनि काम गरिरहेको बताइन्।








