निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन् ।
पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन् ।
जसका कारण आयोगका गतिविधि नै प्रभावित भइरहेको छ भने सवारी आवतजावतमा समेत समस्या भइरहेको छ।








