नेपाली कांग्रेसले पूर्वमन्त्री एवं नेता होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गरेको छ ।
आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
वरिष्ठ पत्रकारसमेत रहेका दाहालको उपचारका लागि वीर अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको थियो । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।
यो बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मा भनेका सहभागी भएका थिएनन् । उनीहरु २७ र २८ गते विशेष महाधिवेशन घोषणा गरेर तयारीमा जुटेका छन् ।








