काठमाडौं । नेपाली कांग्रेसको पत्रकार सम्मेलन स्थगित भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू उपस्थित भएर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा गर्ने भनिएको थियो ।

तर, नेता डा. शेखर कोइरालाले पत्रकार सम्मेलनले विभाजनलाई बल पुर्‍याउने भन्दै यो अडान राख्ने नभई वार्ता र संवादबाट समाधान खोज्नुपर्ने बेला भएकोले नआउने बताएपछि पत्रकार सम्मेलन नै स्थगित गरिएको स्रोतले बतायो ।