काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् । प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ । उनले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराए पनि अहिले भने रास्वपासँग एकता गरेका छन् ।
उनी रास्वपा उपसभापति पनि हुन् । गैरदलीय सरकारमा दलका नेता मन्त्री भएको भन्दै चौतर्फी आलोचना भएपछि घिसिङ राजीनामाका लागि तयार भएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भोलिबाट नै आफ्नो राजनीतिक जीवन सुरु हुने बताएका छन् । ‘भोलिबाट नै राजनीतिक जीवन सुरु हुन्छ । प्रभावकारी रूपमा सुरु हुन्छ’ उनले भने ।
देशभित्रका समस्याहरू समाधानका गर्नका आफू ३ वटा मन्त्रालयको जिम्मेवारीमा दिनरात खटेको उल्लेख गर्दै उनले हिजोसम्म पनि आफू मन्त्रालयको काममा नै राति ११(१२ बजेसम्म व्यस्त भएको बताए ।








