काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन बैशाख अन्तिममा गर्ने प्रस्ताव पारित भएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको हो ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले् बैशाख अन्तिममा नियमित महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए ।