काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै प्रचण्ड भेट्न हात्तीवन पुगेका हुन्।

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलले तीन दलका शीर्ष नेताहरू भेट गरेका हुन्। खरेलको यो भेटपछि भोलि समय निर्धारण गरेर प्रधानमन्त्रीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छिन्।