काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन ।
अहिले लामिछानेसहितको रास्वपाको टोली तथा प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच छलफल भैरहेको छ ।
भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो उनी काठमाडौं आएका थिए । लगत्तै उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।








