काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
आइतबार बस्ने बैठकले भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
केन्द्रीय कमिटी बैठक पश्चात मात्रै बन्द सत्र सुरु हुने छ ।
यस्तै आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने भनिएको बन्दसत्र भने मध्याह्न १२ः३० बजेको लागि सारिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी मार्फत अघि सारेका विभिन्न प्रस्ताव बन्दसत्रमा पेस हुनेछन् ।








