सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरेका छन ।
प्रधानमन्त्री कार्कीले सरकार र जेनजीबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको टिप्पणी गरेकी छन् । आज सिंहदरबारमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनले यो सम्झौताले जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने बताइन् ।
सम्झौतामा जेनजीले भदौ २३ र २४ गते गरेको गतिविधिलाई राजनीतिक–सामाजिक आन्दोलनको संज्ञा दिइएको छ । जेनजी आन्दोलनको मर्म र भावना अनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न जेन–जी परिषद् गठन गरिने सम्झौतापत्रमा भनिएको छ ।
‘नेपाली जनताको सुशासनको तीव्र आकांक्षाबाट प्रेरित भै जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानले अङ्गीकार गरेका मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाल सरकार र जेन–जी प्रतिनिधिबिच यो सम्झौता सम्पन्न गरिएको छ,’ सम्झौतापत्रमा भनिएको छ, ‘सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताका साथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतिज्ञा व्यक्त गर्दछन् ।’
यस्तो छ- सम्झौताको पूर्णपाठ








