काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

बैंकिङ कसुरको आरोपमा प्रहरीले उनलाई ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ ।