रोजगार मञ्चरोजगार मञ्च
———
रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्चरोजगार मञ्च
———
गृहसमाचाररोजगारअन्तर्वार्ताबिजनेसएनआरएनप्रवासफिचरकलाखेलटि. भी.
———
अवसर
रोजगार मञ्च — करियर र रोजगार पत्रिका

पचास हजार राशिको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पोखरेललाई

यस बर्ष २०८२ सालको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई दिने निर्णय भएको छ । मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट

पचास हजार राशिको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पोखरेललाई
स

सम्पादकीय टोली

मंसिर ७, २०८२

अक्षर आकार

पचास हजार राशिको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पोखरेललाई

यस बर्ष २०८२ सालको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई दिने निर्णय भएको छ ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पोखरेल संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जन्मीएका हुन् ।

वरिष्ठ पत्रकार पोखरेलले आफ्नो सम्पूर्ण जीवन पत्रकारितामा समर्पित गरेका छन् ।

संखुवासभा खाँदबारी–१ निवासी समाजसेवी स्व।रामबहादुर श्रेष्ठको समामाजिक विकास प्रतिको दृष्टिकोण र उन्को समाज प्रतिको समर्पणको सम्झना स्वरुप प्रत्येक बर्ष संखुवासभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गरीदै आएको संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएशनका अध्यक्ष शंकर खनालले बताए ।

पिता डिल्लीराम र माता हिरादेवी पोखरेलका सुपुत्रका रुपमा २०१२ सालमा जन्मीएका पोखरेल गोरखापत्र संस्थानको अध्यक्ष र नेपाल टेलिभिजनको सल्लाहकारका रुपमा समेत रही सकेका छन् । उन्ले दृष्टि साप्ताहिक, कान्तिपुर मिडिया ग्रुप, श्रीसगरमाथा, सगरमाथा रेडियो र स्पेशटाईम दैनिक जस्ता महत्वपूर्ण सञ्चार माध्यममा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरी सकेका छन् ।

उनका लेख, रचना अहिले पनि बिभिन्न सञ्चार माध्यममा प्रकाशित हुने गरेकाछन् । लायन्स मनराम प्रतिष्ठान २००५ नेपालका संस्थापक अध्यक्षसमेत रहिसकेका रामबहादुर र श्रीमती मनमाया श्रेष्ठको नाममा स्थापीत मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभा– काठमाडौ जर्नालिष्ट एशोसिएसनले काठमाडौमा एक कार्यक्रम गरी प्रदान गर्ने छ ।

यस अघि यो पुरस्कारको राशि २५ हजार थियो भने अहिले बढाएर ५० हजार पु¥याइएको छ । यस अघि यो पुरस्कारबाट संखुवासभाका पत्रकार गंगा बिष्ट, इन्द्र गिरी, दिपेन्द्र शाक्य, कृष्णराज शाक्य, नविन गुरुङ, प्रेमप्रसाद निरौला, मत्रिकाप्रसाद तिम्सिना, भोला गौली, ज्ञान उदाशलाई सम्मानित गरी सकीएको छ । प्रत्येक बर्ष स्व. रामबहादुर श्रेष्ठको स्मृति दिवसको सम्झना स्वरुप उक्त दिन यो पुरस्कार प्रदान गरीने गरीएको छ ।

रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्च — करियर र रोजगार पत्रिका

सम्बन्धित समाचारसबै हेर्नुहोस्

गत वर्षको तुलनामा दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम, हालसम्म ५ लाख ७६ हजार बढी बाहिरिए

गत वर्षको तुलनामा दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम, हालसम्म ५ लाख ७६ हजार बढी बाहिरिए

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य

नवरात्रको अन्तिम दिनः आज महानवमी मनाइँदै

नवरात्रको अन्तिम दिनः आज महानवमी मनाइँदै

रोजगार मञ्च — करियर र रोजगार पत्रिका

रोजगार मिडिया प्रा.लि

  • सूचना विभाग दर्ता नंः २००६/०७७/०७८
  • Gyaneshwor, Kathmandu, Nepal
  • +977 1 4531043
  • rojgarmanch@gmail.com

क्विक लिंक

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • हाम्रो समूह
  • सम्पर्क
  • गोपनीयता नीति
  • प्रयोगका सर्तहरू

हाम्रो समूह

प्रमुख व्यवस्थापक
फणिन्द्र दाहाल
सल्लाहकार सम्पादक
युवराज नयाँघरे
सम्पादक
सुमन गिरी
सह सम्पादक
उत्तम भट्टराई
स्तम्भकार
हरिराम पौडेल, शम्भू सुस्केरा
संवाददाता
हेमन्त राज गौतम, हरि बहादुर थापा, पर्वत बिक, मोहन सुवेदी

Copyright © २०२६ Rojgar Media Pvt. Ltd. All rights reserved.

रोजगार मञ्चरोजगार मञ्च

Developed by Webtech Nepal