काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पूर्वघोषित फागुन ७–९ गते हुने महाधिवेशन गर्न नसकिने भन्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गरेको छ ।

चितवनका बसेको दुई दिने बैठकले फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका कारण फागुन ७ गते देखि ९ गतेसम्म हुने भनिएको महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्याशीत राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गर्दछ । चुनावी अभियानसँगै तल्ला समितिहरुको अधिवेशनलाई निरन्तरता दिन प्रतिबद्ध छौं ।’

बैठकले घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुने गरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण सदस्यहरु आग्रह समेत गरेको छ ।

यस्ता छन् , रास्वपाको विस्तारित बैठकका ११ बुँदे निष्कर्ष

रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठकका निर्णयहरुरास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठकका निर्णयहरुरास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठकका निर्णयहरु