काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर पूजा अर्चना गरेकी छन् ।
सोमबार अपरान्ह प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर पूजा अर्चना गर्नुभएको हो । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन् । प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले कमलपोखरीमा स्वागत गरेका थिए ।
छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।








