प्रधानमन्त्री सुशीला कार्की छठ पूजाको औपचारिक कार्यक्रममा सहभागी हुने भएकी छन ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनी काठमाडौँको कमलपोखरीमा हुने छठ पूजामा सहभागी हुन लागेकी हुन । प्रधानमन्त्री कार्की सोमबार अपरान्ह ४:१५ बजे कमलपोखरी जानेछिन ।
सोमबार छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। विगतमा तराईमा मात्र मनाइने छठ पर्व पछिल्लो समय उपत्यका र पहाडमा समेत मनाउन थालिएको छ।








