राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

चारै जनालाई कार्यबाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन् ।

आमन्त्रित सचिवालय सदस्यको रूपमा रहेका उनीहरू चारै जनालाई सचिवालय सदस्यमा ल्याइएको हो ।