अन्तर्राष्ट्रिय झापाली समाजले झापाका बाढीपीडितहरूलाई राहत स्वरूप ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

झापाका बाढीपीडितलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले सञ्चालित ‘एकका लागि एक अभियान’का लागि समाजले उक्त रकम उपलब्ध गराएको हो ।

समाजका अध्यक्ष महेन्द्र चम्लागाईले अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, महासचिव चिरन खवास, सदस्य भिष्म ओली, साथै अभियानतर्फबाट नविनकुमार गट्टानी, एकराज गिरी, रोनक बंशल, मिजास पोखरेल र बिनोद पाण्डेको उपस्थिति रहेको थियो ।

सोही अवसरमा समाजसेवी लोकनाथ चौलागाईले पनि रु ६० हजार रुपैयाँ अभियानलाई सहयोगस्वरूप हस्तान्तरण गरेका थिए ।

अभियानका संयोजक गिरीका अनुसार ‘एकका लागि एक अभियान’ मार्फत हालसम्म झापाका करिब २ हजार परिवारले राहत प्राप्त गरिसकेका छन् ।

अभियानले विपत् व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको छ । अहिले अभियानको कोषमा १ करोड रुपैयाँभन्दा बढी रकम रहेको र त्यसलाई विस्तार गरी ५ करोड पु¥याउने योजना बनाइएको पनि उनले बताए ।