प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि सत्सङ्ग नेपालले १० लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।

प्रधानमन्त्री कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यसमेत रहेका सत्सङ्ग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले प्रधानमन्त्री शुसीला कार्कीलाई उक्त सहायता रकम हस्तान्तरण गरेको हो ।

केही समय अघि भएको भिषण बर्षाका कारण भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहायता रकम उपलब्ध गराइएको सत्सङ्ग नेपालले जनाएको छ ।

प्रधानमन्त्री उद्धार कोषलाई सत्सङ्ग नेपालले हस्तान्तरण गर्‍यो १० लाख सहायता

‘हालै केही दिन अघि नेपालको खासगरी पहाडी भुभागमा भएको भीषण वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ । देशको यो कठिन परिस्थितीमा परमपुज्यपाद श्री श्री आचार्यदेवको परम इच्छा वमोजिम सहानुभूति र सहवेदनासहित सँगै उभिने प्रतिक स्वरुप सत्सङ्ग नेपालले १० लाख रुपैया नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको हो’ अध्यक्ष सिटौलाले जानकारी दिए ।

सो अवसरमा संचार तथा सुचना प्रविधि मन्त्री जगदीश खरेल र सत्सङ्ग नेपालका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।